+
+
Shares

निशा डाँगीको प्रश्न– सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?

काठमाथिको परनिर्भरता बन्द हुनुपर्ने बताउँदै उनले नेपाली काठबाट बनेका फर्निचर प्रयोगको सुरुवात संसद भवन र सिंहदरबारबाटै गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो भनी प्रतिनिधि सभामा प्रश्न गरिन् ।
  • उनले काठमा रहेको परनिर्भरता हटाउन संसद् र सिंहदरबारबाटै नेपाली काठका फर्निचर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

१३ जेठ, काठमाडौं । रास्वपा सांसद निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर प्रश्न गरेकी छन् ।

अघिल्लो कार्यकालदेखि नै आफूले यो प्रश्नको उत्तर खोजिरहेको जानकारी गराउँदै डाँगीले आजको प्रतिनिधि सभा बैठकमा प्रश्न गरिन् ‘दुई–तीन पछि हामी नयाँ संसद जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरु बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’

नेपालका काठको सदुपयोग नभएको तर विदेशबाट काठ आयात भइरहेको प्रसंग उठाउँदै उनले सो प्रश्न गरेकी हुन् । काठमाथिको परनिर्भरता बन्द हुनुपर्ने बताउँदै उनले नेपाली काठबाट बनेका फर्निचर प्रयोगको सुरुवात संसद भवन र सिंहदरबारबाटै गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

महालेखा परीक्षकको ६१ औं प्रतिवेदन उद्धृत गर्दै उनले नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको जानकारी गराइन् ।

सरकारको नीतिमा प्रश्न उठाउँदै उनले भनिन्, ‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’

उनले जोड दिँदै भनिन्, ‘मैले सबै वन फँडानी गर्नुपर्छ भन्न नखोजेको होइन तर हामीसँग भएको धनको सही सदुपयोग पक्कै पनि गर्नैपर्छ ।’

सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘म सभामुखमार्फत् सरकारलाई आग्रह गर्छु, यो परनिर्भरता बन्द गर्नैपर्छ, सुरुवात यही संसद भवन र सिंहदरबारबाट सुरु गरौं । त्यसपछि देशभित्र नेपाली काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्ने नियम लागू गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?