News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा पर्यटकको औसत बसाइ अवधि १६.३४ दिन र प्रतिदिन औसत खर्च ३३.०८ अमेरिकी डलर पुगेको छ ।
- तथ्याङ्क अनुसार सन् २०२५ मा कुल ११ लाख ६२ हजार पर्यटक नेपाल आएका थिए ।
- हाल मुलुकभर ३५ विमानस्थल सञ्चालनमा छन् भने ३२ अन्तर्राष्ट्रिय र २० आन्तरिक वायुसेवा कम्पनीले हवाई सेवा दिइरहेका छन् ।
१३ जेठ, काठमाडौं । नेपालमा पर्यटकको औसत बसाइ दर १६.३४ दिन पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार पर्यटकको बसाइ अवधिमा सुधार भएको हो ।
सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल आएका थिए । सो आधारमा निकालिएको तथ्यांक अनुसार पर्यटकको प्रतिदिन औसत खर्च ३३.०८ अमेरिकी डलर रहेको देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
सन् २०२५ मा पर्यटक आय ८७ अर्ब ३७ करोड रुपैयाँ बराबर रहेको छ । सन् २०२४ मा यस्तो आय ८३ अर्ब ३४ करोड बराबर थियो । सन् २०२४ मा औसत बसाइ १३.३० दिन रहेको थियो । यो वर्ष १६.३४ दिन पुगेको हो । औसत खर्च भने घटेको छ ।
अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गर्न स्वचालित प्रणाली सञ्चालनमा ल्याएसँगै पर्यटकको बसाइ अवधि गणना गर्न थालेपछि औसत खर्च घटेको हो ।
सन् २०२५ मा नेपाल आएका पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा र मनोरन्जनका लागि आएका थिए ।
अहिले देशभर ३५ विमानस्थल सञ्चालनमा छन् । ३२ अन्तर्राष्ट्रिय र २० आन्तरिक वायुसेवा कम्पनीले हवाई सेवा दिइरहेका छन् ।
प्रतिक्रिया 4