News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर दर्ता भएका ६२ लाख ४९ हजार सवारीसाधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन् ।
- चालु आर्थिक वर्षको फागुनसम्म थप २ लाख ८१ हजार ९२१ सवारीसाधन दर्ता र ४३ हजार ७५० थान स्मार्ट लाइसेन्स वितरण भएको छ ।
- देशभर हालसम्म कुल ८८ हजार ३ सय ४० थान मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।
१३ जेठ, काठमाडौं । देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दर्ता सवारी साधनमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल रहेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ८ महिनामा मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकलसहितका सवारी साधन गरी कुल २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन् ।
सर्वेक्षण अनुसार यस वर्ष फागुनसम्म ४३ हजार ७५० थान स्मार्ट लाइसेन्स वितरण गरिएको छ । अहिलेसम्म कुल ४१ लाख १४ हजार १८१ थान लाइसेन्स विवतरण भइसकेको तथ्यांक छ । फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । त्यसमध्ये ५ हजार १ सय ८६ थान जडान भएको छ । अहिलेसम्म कुल ८८ हजार ३ सय ४० थान मात्र जडान भएको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4