News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद आरेन राईले प्रस्तावित चलचित्र विधेयकबारे बोल्दै ‘समावेशी फिल्मलाई विशष प्राथमिकता दिने कानून बनोस्’ भन्ने धारणा राखेका छन् ।
- उनले केन्द्रीय चलचित्र समितिको नेतृत्व १५ वर्ष अनुभव भएका फिल्मकर्मीले गर्नुपर्ने र बोर्डलाई स्वायत्तता दिनुपर्ने धारणा राखेका छन् ।
- सांसद राईले ‘भाषा र संस्कृति सम्बन्धी फिल्म बनाउँछौं तर पैसा उठ्दैन’ भन्दै यसलाई विशेष प्राथमिकता दिन आग्रह गरे ।
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले समावेशी फिल्म निर्माणलाई प्रस्तावित चलचित्र विधेयकमा विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘समावेशी फिल्मलाई विशष प्राथमिकता दिने कानून बनोस्’ उनले भने । केन्द्रीय चलचित्र समितिको नेतृत्व १५ वर्ष अनुभव भएका फिल्मकर्मीले गर्नुपर्ने धारणा उनले राखे । ‘समितिको नेतृत्व कर्मचारीले गर्नुपर्छ भन्ने व्यवस्थामा पुनर्विचार गर्नुपर्छ’ उनले भने ।
चलचित्र विकास बोर्डलाई स्वायत्तता दिनुपर्ने प्रस्ताव सहि रहेको उनले बताए । ‘बोर्डलाई स्वायत्तता दिनुपर्छ भन्ने कुरा ठीक छ’ उनले भने । अध्यक्ष र सदस्यको सेवा मन्त्रिपरिषद्ले तोके बमोजिम हुनुपर्छ भन्ने कुरालाई परिवर्तन गरेर यसलाई नियमावलीमै तोक्नुपर्ने धारणा उनले राखे ।
उनले भाषिक र सांस्कृतिक फिल्मलाई विशेष प्राथमिकता दिन आग्रह गरे । ‘भाषा र संस्कृति सम्बन्धी फिल्म बनाउँछौं तर पैसा उठ्दैन’ उनले भने ।
प्रतिक्रिया 4