News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।
- प्रतिपक्षको विरोधबीच सभामुखले बैठक सञ्चालन गर्न खोजेपछि मर्यादापालकले राईलाई माइक फाल्नबाट रोकेका थिए ।
- प्रतिपक्षको विरोधपछि सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको छ ।
१३ जेठ, विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।
प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।
माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए ।
प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारेका थिए ।
सभामुखले सांसदलाई मर्यादामा बस्न आग्रह गरे ।
मंगलबारको प्रदेश सभा बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए ।
बुधबारको बैठकमा पनि प्रतिपक्षले विरोधलाई निरन्तरता दिए ।
प्रतिपक्षको विरोधपछि सभामुखले प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
प्रतिक्रिया 4