News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनबारे छानबिन गरेको मानव अधिकार आयोगले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध गराउन नसक्दा ठूलो क्षति भएको औंल्याएको छ ।
- प्रदर्शनकारीले लाठी, तीर र गुलेली प्रयोग गरी संसद् भवनको पर्खाल तोडफोड गरेको प्रतिवेदनमा उल्लेख छ ।
- पर्याप्त आत्मसुरक्षाका उपकरण नहुँदा प्रहरी ज्यान जोगाउन भाग्नु परेको र गोली चलाउन बाध्य भएको आयोगले जनाएको छ ।
१३ जेठ, काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गरेको मानव अधिकार आयोगले राज्यले पर्याप्त मात्रामा स्रोत साधनहरू सुरक्षाकर्मीलाई उपलब्ध गराउन नसक्दो ठूलो क्षति भएको औंल्याएको छ ।
आयोगले आफ्नो प्रतिवेदनमा यसबारे उल्लेख गर्दै स्रोत साधन नहुँदा प्रहरी आफैं ज्यान जोगाउन भाग्नु परेको उल्लेख गरेको छ ।
आन्दोलन माइतीघरबाट बबरमहलतर्फ अघि बढ्दा व्यापकमात्रामा घुसपैठ भएको र प्रहरी र प्रदर्शनकारीबीच निरन्तर झडप भएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रदर्शनकारीले लाठी, तीर, गुलेली समेत प्रयोग गरी संसद भवनको पर्खाल फोडफोड गरेको उल्लेख गरेको छ ।
आगजनी गर्ने र सुरक्षाकर्मीलाई ज्यानको खतरा हुनसक्ने सम्भावना देखिएकाले प्रहरीले अश्रु ग्यास प्रहार गर्दै तितरबितर पार्न खोजेको र प्रदर्शनकारी झनै आक्रोशित भएर प्रहरीप्रति आक्रामक भएको उल्लेख गरेको छ ।
फिल्डमा खटिएका प्रहरीलाई ढाल, हेल्मेट, बुलेटप्रुफ भेस्ट, बुलेटप्रुफ सवारी जस्ता आत्मसुरक्षाका उपकरणहरू उपलब्ध गराउनु पर्नेमा सरकारले आवश्यक मात्रामा उलपब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
पर्याप्त स्रोत साधन नहुँदा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्न नसकेको, प्रहरी उल्टै जीवन जोगाउन भाग्नु परेको र बाध्य भइ गोली चलाउनु परेको प्रतिवेदनमा उल्लेख छ ।
जसकारण पर्याप्त स्रोत साधान नहुँदा र सुरक्षाकर्मीबाट समेत सावधानीपूर्वक हातहतियारको प्रयोग र नियन्त्रण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया 4