+
+
Shares

योजनाको भुक्तानी विषयमा सांसद खातुन र स्थानीयबीच विवाद

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको कविलासी नगरपालिकामा २५ लाख रुपैयाँको सडक योजनाको भुक्तानी विवादलाई लिएर प्रदेशसभा सदस्य हसिना खातुन र स्थानीयवासीबीच विवाद भएको छ ।
  • सांसद खातुनले काम नसकिई भुक्तानी भएको आरोप लगाउनुभएपछि स्थानीयवासीले काम सम्पन्न भएर मात्र भुक्तानी भएको दाबी गरेका छन् ।
  • छलफलका क्रममा सांसदका श्रीमान्बाट हातपात भएको आरोप स्थानीयले लगाएपछि दुवै पक्षबीच इलाका प्रहरी कार्यालय हरिपुरमा छलफल भएको छ ।

१३ जेठ, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियामा प्रदेश सरकारको २५ लाख रुपैयाँको सडक निर्माण योजनाको भुक्तानी विवादलाई लिएर मधेश प्रदेशसभा सदस्य हसिना खातुन र स्थानीयवासीबीच विवाद भएको छ ।

केही दिनअघि प्रदेशसभा बैठकमा सांसद खातुनले योजना सम्पन्न नगरी भुक्तानी गरिएको आरोप लगाएकी थिइन् । सोही विषयमा जानकारी लिन स्थानीयवासी आज बुधबार बिहान उनको निवास पुगेका थिए ।

स्थानीयवासीले भने सडक निर्माणको काम सम्पन्न भएपछि मात्रै भुक्तानी गरिएको दाबी गरेका छन् । स्थानीय शेख सहदुल्लाका अनुसार बरुण चौधरी, सञ्जीव चौधरीलगायतको सहभागितामा योजना कार्यान्वयन गरिएको थियो ।

संसदमा उठाइएको विषयबारे जानकारी लिन जाँदा छलफलका क्रममा विवाद चर्किएको स्थानीयवासीले बताएका छन् । सहदुल्लाले सांसद खातुनका श्रीमान्बाट हातपात भएपछि अवस्था तनावपूर्ण बनेको आरोप लगाए ।

घटनापछि दुवै पक्षबीच इलाका प्रहरी कार्यालय हरिपुरमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?