+
+
Shares

संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा नेपालको ‘वायुदृष्टि’ छनोट

नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट ६० विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ ।
  • विश्वभरका ९०० भन्दा बढी प्रविधिमूलक नवप्रवर्तनमध्ये प्रतिस्पर्धा गर्दै यो नेपाली प्रविधि उत्कृष्ट सूचीमा पर्न सफल भएको हो ।
  • बोट्स इन्डस्ट्रिजले विकास गरेको यस प्लेटफर्मले एआई प्रविधिमार्फत वायु गुणस्तरको वास्तविक समयको जानकारी उपलब्ध गराउँछ ।

१३ जेठ, काठमाडौं । नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ ।

जलवायु–प्रविधि (क्लाइमेट–टेक) क्षेत्रमा काम गर्दै आएको यो नेपाली नवप्रवर्तनलाई संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (यूएन डेसा) ले तयार पारेको ‘एसटीआई सोलुसन्स बुक २०२६’ मा समावेश गरेको हो ।

विश्वभरबाट प्राप्त भएका ९०० भन्दा बढी प्रविधिमूलक तथा डिजिटल नवप्रवर्तनबीच प्रतिस्पर्धा गर्दै ‘वायुदृष्टि’ उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा पर्न सफल भएको हो ।

दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न योगदान पुर्‍याउने, व्यावहारिक तथा विश्वभर विस्तार गर्न सकिने समाधानका रूपमा यसको छनोट गरिएको यूएन डेसाको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

नेपालमा विकास गरिएको यो प्लेटफर्मले वायु प्रदूषणलाई वैज्ञानिक र सहज तरिकाले सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्य राखेको छ ।

कम लागतका वायु गुणस्तर मापन उपकरण, भू–उपग्रहबाट प्राप्त डाटा, जमिनमा जडित सेन्सर तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत यसले वास्तविक समयको वायु गुणस्तर जानकारी उपलब्ध गराउँदै आएको छ ।

‘वायुदृष्टि’ बोट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत विकास गरिएको हो ।

यसका संस्थापक नुवाकोट शिवपुरी गाउँपालिका–७ का सक्रिय पाण्डे तथा सहसंस्थापक श्रीषा पाण्डे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?