News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा भित्रिएको दुई दिनमै नेपाली लोकल लिचीको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर २ सय २५ रुपैयाँ पुगेको छ ।
- कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतीय लिचीको थोक मूल्य पनि प्रतिकिलो १० रुपैयाँ बढेर २ सय ७५ रुपैयाँ कायम भएको छ ।
- हाल तराईबाट लिची आपूर्ति भइरहेको बजारमा उपभोक्ताले प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म तिरेर लिची खरिद गरिरहेका छन् ।
१४ जेठ, काठमाडौं । बजार भित्रिएको दुई–चार दिनमै लिचीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको मूल्य बढेको देखाएको हो ।
एक सातअघि बजारमा भारतीय र लोकल लिची भित्रिएका थिए । अहिले भने बजारमा लोकल लिची मात्रै रहेको कालीमाटीको तथ्यांकले देखाउँछ ।
८ जेठमा भारतीय लिची थोकमा प्रतिकिलो औसत २ सय ६५ रुपैयाँमा किनबेच भएको थियो । लगातार ४ दिन सोही मूल्यमा भारतीय लिची किनबेच भएको तथ्यांकमा उल्लेख छ ।
आज बिहीबार भने उक्त लिची प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेर २ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै नेपाली लोकल लिची भने १२ जेठ (मंगलबार) देखि बजारमा आएको हो । मंगलबार उक्त लिची थोकमा प्रतिकिलो औसत १ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै हिजो बुधबार र आज बिहीबार भने लोकल लिचीको भाउ प्रतिकिलो थोकमा औसत ५० बढेर २ सय २५ रुपैयाँमा किनबेच भएको तथ्यांकले देखाउँछ ।
अहिले तराईबाट बजारमा लिची आएको फलफूल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार १०–१५ दिनपछि पहाडबाट आउने छ । भारतको लिची भने एकदमै कम मात्रामा आएको उनीहरूको भनाइ छ ।
आम उपभोक्ता भने लिची प्रतिकिलो ३ सय ५० रुपैयाँसम्ममा खरिद गरिरहेको बताउँछन् ।
प्रतिक्रिया 4