+
+
Shares

सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस 

नेपाली कांग्रेसले बालेन शाह नेतृत्व सरकारसँग जनता निराश हुन थालेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:१६

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बालेन शाह नेतृत्व सरकारसँग जनता निराश हुन थालेको बताएको छ ।

आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले बहुमतको बलमा सरकारले गरेका हरेक काम र निर्णयका कारण जनता निराश हुन थालेको बताएकी हुन् । उनले सदनलाई पेलेर सञ्चालन गरिएको भन्दै आपत्ति जनाइन् ।

विगतमा सरकारले विपक्षी दलसँग छलफल गरेर निष्कर्ष निकाल्ने गरेको भन्दै उनले भनिन्, ‘उहाँहरूसँग दुई तिहाइ मत छ । तर हिजो छलफलमा त हुनुन्थ्यो नि । निर्णय सत्तापक्षकै हुन्छ हामी बुझ्छौं तर छलफल, जवाफ भन्ने नै नहुने हुन भएन । जनताहरू निराश भइसकेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?