१४ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ सेदुवामा पहिरोको जोखिमका कारण दुई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोको जोखिम बढेपछि नरबहादुर चुवान र मिठी घिमिरेको परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
१२ जेठ राति परेको अविरल वर्षाका कारण चुवान र घिमिरेको घर उच्च जोखिममा परेको सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
नरबहादुर र मिठीको परिवारलाई हिमान्द्री माध्यमिक विद्यालयको भवनमा सारिएको मैनालीले बताए ।
दुई परिवारलाई नेपाली सेना, नेपाल प्रहरी र जनप्रतिनिधिको सहयोगमा बिहीबार सुरक्षित स्थानमा सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4