+
+
Shares

मानव अधिकार आयोगको प्रतिवेदन डराएको/झुकेको आभास हुनेगरी आयो : एमाले महासचिव

‘कार्की आयोगभन्दा केही विस्तृत तर अपूर्ण । डर त सबैलाई लाग्ने रैछ,’ पोखरेलले अगाडि लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १९:४०

१४ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन शक्तिसँग डराएको र झुकेको आभास हुनेगरी आएको टिप्पणी गरेका छन् । बिहीबार साँझ फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘शक्तिसँग डराएको/झुकेको आभास हुने मानव अधिकार आयोगको प्रतिवेदन,’ उनले भनेका छन् ।

तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगभन्दा केही विस्तृतमा आएको भने उनको टिप्पणी छ । ‘कार्की आयोगभन्दा केही विस्तृत तर अपूर्ण । डर त सबैलाई लाग्ने रैछ,’ पोखरेलले अगाडि लेखेका छन् ।

भदौ २३ र २४ का घटनाबारे बुधबार मात्रै मानव अधिकार आयोगले संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको थियो । सार्वजनिक भएको २९ पेजमा आयोगको निर्णय र सिफारिस खण्ड उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?