News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि हलहरूमा ३ नेपालीसहित ४ नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।
- त्रिवेणी राईद्वारा निर्देशित चलचित्र ‘सेप अफ मोमो’ ले महिलाले समाज र परिवारभित्र गर्ने संघर्षको कथा प्रस्तुत गर्छ ।
- जोन योञ्जन निर्देशित ‘रोल नम्बर वान’ चलचित्रले वर्तमान नेपाली शिक्षा प्रणालीमा विद्यार्थीले खेप्नुपरेको मनोवैज्ञानिक दबाबलाई प्रस्तुत गरेको छ ।
काठमाडौं । शुक्रबारदेखि ३ नेपालीसहित चार फिल्म हलमा रिलिज भएका छन् । त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’, जोन योञ्जन निर्देशित ‘रोल नम्बर वान’, अर्को नेपाली फिल्म ‘कुम्भ’ र हलिउडको ‘प्यासेन्जर’ प्रदर्शनमा आएका छन् ।
बुसानसहित विश्वका चर्चित चलचित्र महोत्सवमा प्रदर्शन भैसकेको ‘सेप अफ मोमो’ को नेपाली नाम ‘छोराजस्तै’ हो । नेपाल-भारतमा रिलिज भएको यो फिल्मको रनटाइम ११४ मिनेट छ ।
गौमाया गुरुङ, श्यामाश्री शेर्पा, पशुपति राईको शीर्ष भूमिका रहेको फिल्मले महिलाले समाज र परिवारभित्र गर्ने संघर्षको कथा पेश गर्छ । मुख्य पात्र विष्णुमार्फत निर्देशकले महिला संघर्ष र संवेदनको कथा भन्ने प्रयास गरेकी छन् ।
‘रोल नम्बर वान’ अर्को मर्मस्पर्शी कथाको फिल्म हो जसले वर्तमान नेपाली शिक्षा प्रणालीमा विद्यार्थीले खेप्नुपरेको मनोवैज्ञानिक दवावको कथा भन्छ । फिल्ममार्फत निर्देशकले शिक्षा प्रणालीलाई प्रश्न गरेका छन् ।
मुकुन भुसाल, सुशांक मैनाली र रेणुनाथ योगीको शीर्ष अभिनय रहेको यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । यो फिल्मको रनटाइम १५२ मिनेट छ ।
अर्को नेपाली फिल्म ‘कुम्भ’ पनि सीमित हलबाट प्रदर्शनमा आएको छ । १ घण्टा ५५ मिनेट रनटाइमको यो फिल्मलाई रन्धीर श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्मलाई ग्याङस्टर र एक्सन जनरामा राखिएको छ ।
हलिउडको हरर फिल्म ‘प्यासेन्जर’ पनि आजदेखि हलमा रिलिज भएको छ । एक दम्पतीले मध्यरातमा सडक दुर्घटना देखेपछि आउने उतारचढावको कथा यसमा छ । यो फिल्मको रनटाइम ९४ मिनेट र सर्टिफिकेट एडल्ट छ ।
प्रतिक्रिया 4