+
+
Shares

मनाङको थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:४५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको नासोँ गाउँपालिका–५ थोँचेमा भारत सरकारको सहयोगमा पाँच शय्याको अस्पताल भवन शिलान्यास गरिएको छ ।
  • भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा सो भवनको शिलान्यास गरे।
  • रु ६ करोड ६७ लाख ९६ हजार ९३३ लागतमा बन्ने सो भवन निर्माणमा पालिकाले पाँच प्रतिशत रकम बेहोर्ने छ ।

१५ जेठ, मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ ।

बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे ।

अस्पताल भवन निर्माणका निम्ति रु छ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिनुभयो । भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ ।

भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?