News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन तथा नेटवर्क सेवा विस्तार गर्ने भएको छ ।
- विभिन्न सरकारी मुद्रण संरचनाहरूलाई गाभेर एकीकृत सुरक्षा मुद्रण संस्थान स्थापना गरिने भएको छ ।
- दूरसञ्चार क्षेत्र सुधारका लागि यस वर्ष संसद्मा दूरसञ्चार प्राधिकरण विधेयक पेस गरिने भएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिमका भू-भागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने भएको छ ।
नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने घोषणा सरकारले गरेको हो ।
‘नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने छौँ,’ अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भनेका छन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क सेवा विस्तार गरिनेछ ।’
योसँगै सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एकआपसमा गाभी एकीकृत सुरक्षा मुद्रण संस्थानको स्थापना गर्ने अर्थमन्त्री वाग्लेले बताएका छन् ।
यस्तै, दूरसञ्चार क्षेत्रका लागि यसवर्ष दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेस हुने प्रतिबद्धता पनि वाग्लेले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4