News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- विप्रेषणलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्न सरकारले विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्ने भएको छ ।
- वैदेशिक रोजगारीबाट फर्किएकाहरूको ज्ञान र सीप सदुपयोग गर्न सरकारले रिटर्नी माइग्रेन कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजना गरेको जानकारी गराए ।
रिर्भस प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेशणलाई उपभोग गर्दै विप्रेशणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्दै विप्रेशण लगानी मिलान कोष सञ्चालन गरिने बताए ।
वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माईग्रेन कार्यक्रम कार्यान्वयन गरिने बताए ।
युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरि सिपयुक्त बनाउने अर्थमन्त्री वाग्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4