+
+
Shares

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरे ।
  • कुल वृद्धिमध्ये १० प्रतिशत शुरू तलब स्केलमा र बाँकी १० प्रतिशत मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ ।
  • विगत चार वर्षमा १७.३ प्रतिशत महँगी बढ्दा पनि कर्मचारीको तलब वृद्धि नभएको अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।

१५ जेठ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।

त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।

विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?