News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आफ्नो प्रतिबद्धता विपरीत वितरणमुखी बजेट ल्याएको आरोप लगाए ।
- योजना आयोगको सिलिङभन्दा डेढ खर्ब रुपैयाँ बढाएर ल्याइएको बजेटको आकार वास्तविक नभएको उनले बताए ।
- आगामी स्थानीय चुनावलाई लक्षित गरी बजेट ल्याइएको टिप्पणी उनले गरे ।
१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले रास्वपा नेतृत्वको सरकारले आफ्नो प्रतिबद्धता बिपरीत बजेट ल्याएको प्रतिक्रिया दिएका छन् ।
वितरणमुखी बजेट ल्याएको र त्यसको स्रोत ऋण भनिएकोप्रति उनले असंगति भनेका छन् । ‘विगतमा स्थापित दलहरुले बढी ऋण उठाए, देश लुटे खाए भनेर आएको शक्तिले पनि ऋण लिएर घ्यू खाए जस्तो,’ पूर्वअर्थमन्त्री पुनले भने, ‘यो उहाँहरुको प्रतिबद्धता बिपरीत आएको छ । कि हामीले विगतमा बेठिक बोल्यौ, गलत आरोपहरु लगायौं भन्नुपर्यो होइन भने बाचाअनुरुप मिलेन ।’
बजेटको आकार पनि वास्तविकतामा आधारित नभएको उनले बताए । योजना आयोगले २० खर्ब वरिपरीको सिलिङ तोकेपनि त्यसमा डेढ खर्ब बढाएर बजेट ल्याएको पुनले बताए ।
‘यो आकार वास्तविक होइन, स्वयं अर्थमन्त्रीलाई पनि थहा छ,’ उनले भने । विगतमा कम्युनिष्ट अर्थमन्त्रीहरुलाई वितरणमुखी बजेट ल्याएको भन्ने गरिएकोमा यसपटक पनि त्यस्तै बजेट आएको पुनले बताए ।
आगामी स्थानीय चुनावलाई हेरेर बजेट आएको पनि उनको टिप्पणी छ ।
प्रतिक्रिया 4