+
+
Shares

बजेटबारे पूर्वअर्थमन्त्री आचार्य : आर्थिक र नीतिगत सुधारका पक्ष सकारात्मक

यद्यपि, बजेटको सफलता प्रभावकारी कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढाउन सक्ने क्षमतामा भर पर्ने आचार्यको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वअर्थमन्त्री महेश आचार्यले आगामी आर्थिक वर्षको बजेटले आर्थिक र नीतिगत सुधारका पक्षहरूलाई सकारात्मक रूपमा उठाएको बताए ।
  • उनले बजेटको सफलता प्रभावकारी कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढाउन सक्ने क्षमतामा भर पर्ने उल्लेख गरे ।
  • आचार्यले २१ खर्बभन्दा बढीको बजेटमा ऋणको निर्भरता बढ्नु भविष्यका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिए ।

१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्यले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले आर्थिक र नीतिगत सुधारका पक्षहरूलाई सकारात्मक रूपमा उठाएको बताएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा बजेट प्रस्तुत गरेलगत्तै अनलाइनखबरसँगको कुराकानीमा उनले बजेटले आर्थिक र नीतिगत सुधारका पक्षहरूलाई सकारात्मक रूपमा उठाएको बताएका हुन् ।

‘नयाँ सरकार आएपछि प्रस्तुत गरिएको बजेट हेर्दा आर्थिक सुधारका विषयमा सरकार केही गम्भीर देखिएको छ,’ पूर्वअर्थमन्त्री आचार्यले भने, ‘सरकारी र निजी दुवै क्षेत्रमा लामो समयदेखि उठ्दै आएका नीतिगत र कानुनी सुधारका विषयलाई बजेटले समेट्ने प्रयास गरेको जस्तो देख्छु ।’

यद्यपि, बजेटको सफलता प्रभावकारी कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढाउन सक्ने क्षमतामा भर पर्ने आचार्यको भनाइ छ ।

उनले सरकारले घोषणा गरेका सुधारका कार्यक्रमले निजी क्षेत्रका उद्यमी र व्यवसायीको आत्मविश्वास बढाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा पनि हेर्नुपर्ने बताए ।

‘बजेटमा घोषणा गरिएका नीतिगत र कानुनी सुधार सफल हुन्छन् कि हुँदैनन् भन्ने कुरा कार्यान्वयनमा भर पर्छ,’ उनले भने, ‘सरकार र प्रशासन संयन्त्रले यी योजनालाई कसरी लागू गर्छन् भन्ने नै सबैभन्दा महत्वपूर्ण पक्ष हो ।’
नेपाली कांग्रेसका नेता आचार्यले बजेटमा ऋणमाथिको बढ्दो निर्भरताप्रति चिन्ता व्यक्त गर्दै यसलाई चुनौतीपूर्ण र जोखिमपूर्ण मानेका छन् ।

‘बजेटमा जति नीतिगत सुधारका कुराहरू छन्, कानुनी सुधारका कुराहरू छन्, भोलि सरकार र प्रशासनले यसलाई कार्यान्वयन कसरी गर्छन्,’ उनले भने, ‘त्यो कुराले बजेटमा अहिले घोषणा गरिएका कुराहरूको सफलता, यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।’

पूर्वअर्थमन्त्री आचार्यले बजेटलाई सुधारको प्रस्थान बिन्दु मानेर सरकारलाई निरन्तर अनुगमन र राजनीतिक सहमतिका साथ अघि बढ्न सुझावसमेत दिए ।

‘सरकारले आर्थिक सुधारका एजेन्डाले खोजेको छ । मलाई आशा छ, संसद्‌मा प्रभावकारी संवादको ढोका खोलोस्,’ उनले भने, ‘सकारात्मक बहस र सहकार्यको वातावरणले आर्थिक सुधारको एजेन्डाले खोल्न सक्दछ । र, खोलोस भन्ने म चाहन्छु । मेरो अपेक्षा छ ।’

नेता आचार्यले अर्थमन्त्री वाग्लेलाई नेपाली अर्थतन्त्रका समस्या र सम्भावनालाई बुझेको व्यक्तिका रूपमा पनि चित्रित गरे । उनले बजेटमा आर्थिक सुधारको आवश्यकता महसुस गरेको र त्यसका लागि केही गृहकार्य गरेको देखिएको पनि पूर्वअर्थमन्त्री आचार्यको भनाइ छ ।

आचार्यले २१ खर्बभन्दा माथिको बजेटको स्रोत व्यवस्थापन हेर्दा ऋणमाथिको निर्भरता धेरै बढेको देखिएको पनि बताए । जुन भविष्य  लागि जोखिमपूर्ण हुने उनको टिप्पणी छ ।

‘बजेटको अर्को महत्वपूर्ण पक्ष स्रोत व्यवस्थापन हो । २१ खर्बभन्दा माथिको बजेटको स्रोत व्यवस्थापन हेर्दा ऋणमाथिको निर्भरता धेरै बढेको देखिन्छ,’ आचार्यले भने, ‘यो भविष्यका लागि जोखिमपूर्ण हुन सक्छ । त्यसैले सरकारले ऋणको बढ्दो भारबारे स्पष्ट बहस गर्न आवश्यक छ ।’

अर्थमन्त्री वाग्लले संसद्मा बजेटलाई सुधारको सुरुवाती बिन्दुमात्रै भएको बताएको स्मरण गर्दै आचार्यले नीतिहरूबाट लगानीकर्ता र अर्थतन्त्रमा परेको प्रभावको सरकारले लगातार अनुगमन गर्नुपर्ने बताए ।

‘आवश्यक परे नीतिमा थप सुधार र परिमार्जन गर्न पनि सरकार तयार हुनुपर्छ,’ पूर्वअर्थमन्त्री आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?