+
+
Shares

अभिमानी पदाधिकारीले बहुमत लत्याउने चेष्टा नगरुन् : महेश आचार्य

दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘महाधिवेशनको बहुमत जहाँ हुन्छ, पार्टी त्यहीँ हुन्छ । विशेष महाधिवेशनको यो उपस्थितिले विधानसम्मत पार्टी चल्नुपर्छ भन्ने कुराको जय भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले विधानको व्यवस्थाअनुसार गरिएको विशेष महाधिवेशनले पार्टीमा देखिएका सबै समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।
  • उनले मुलुकमा समस्या भएकै कारण जेनजी आन्दोलन भएको भन्दै विशेष महाधिवेशनले सबै आन्दोलनका मूलभित्र पसेर समस्या समाधान खोज्नुपर्ने बताए।
  • सुरेन्द्र चौधरीले विशेष महाधिवेशनलाई गोपालप्रसाद रिमालको कवितासँग तुलना गर्दै 'एक युगमा एक दिन एक चोटी आउँछ, उथलपुथल, उलटपुलट हेरफेर ल्याउँछ,' भने।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले अभिमानी पदाधिकारीलाई विशेष महाधिवेशनले विधिमा आउन बाध्य बनाएको बताएका छन् ।

दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘महाधिवेशनको बहुमत जहाँ हुन्छ, पार्टी त्यहीँ हुन्छ । विशेष महाधिवेशनको यो उपस्थितिले विधानसम्मत पार्टी चल्नुपर्छ भन्ने कुराको जय भएको छ ।’

उनले अब कुनै पनि पार्टी नेतृत्वले महाधिवेशनको बहुमत प्रतिनिधिलाई लत्याउने चेष्टा नगर्ने बताए । ‘अब अभिभानी पदाधिकारीले महाधिवेशनका प्रतिनिधिको बहुमतलाई लत्याउने चेष्टा गर्ने छैन,’ उनले थपे, ‘विशेष महाधिवेशनले विधिको स्थापना गर्नेछ । भोलिबाट हिजो र आजको जस्तो कांग्रेस रहनेछैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?