+
+
Shares

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताउनुभयो।
  • शर्माले नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच आवश्यक रहेको उद्घाटन समारोहमा उल्लेख गर्नुभयो।
  • उहाँले कांग्रेसले आफूभित्रको चुनौतीको सामना गरिरहेको पनि बताउनुभयो।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।

‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुछ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन,’ उनले भने, ‘यो उपस्थितिले कांग्रेस बदल्ने मात्र होइन, देश बदल्ने सोच राखेको छ ।’

उनले हिजोभन्दा आज कांग्रेस आफूभित्रको चुनौतीको सामना गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?