+
+
Shares

सबै पक्ष समेट्न खोज्दा नीतिगत विफलताको खतरा : खुश्बु ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा सांसद खुश्बु ओलीले संसदमा प्रस्तुत बजेट वास्तविक स्रोतको आकलन नगरी ल्याएकाले यसको कार्यान्वयनप्रति शङ्का गरेकी छन् ।
  • बजेट राजनीतिक प्रदर्शनको औजार बन्ने खतरा औंल्याउँदै उनले, "जनताले विश्वास गुमाउने खतरा छ," भनिन् ।

१५ जेठ, काठमाडौं । राप्रपाका सांसद खुश्बु ओलीले संसदमा प्रस्तुत बजेट कार्यान्वयनप्रति शंका गरेकी छन् ।

स्रोतको आकलन नगरी आएको बजेट कार्यान्वयनमा समस्या आउन सक्ने उनले प्रतिक्रिया जनाएकी छन् । ‘वास्तविक स्रोत बिना घोषणा गरिएको बजेट आश्वासनमा मात्रै सीमित हुँदा नीतिगत बिफलतामा परिणत हुने हो कि .. ,’ सांसद ओलीले शंका गरिन् ।

सबै पक्षलाई खुशी पार्नेगरी ल्याइएको बजेटले सरकारलाई अल्पकालीन लोकप्रियतातिर धकेल्ने खतरा रहेको पनि उनले बताइन् ।

‘जनताले विश्वास गुमाउने खतरा छ,’ उनले भनिन्, ‘बजेट विकासको औजार भन्दा पनि राजनीतिक प्रदर्शनको औजार बन्ने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?