१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय चुनाव एकैपटक गराउनेगरी सरकार जुटेको सूचना कार्यकर्ताहरुलाई पठाएका छन् ।
अपानि–२ जारी गर्दै ओलीले यस्तो सूचना दिएका हुन् । ‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेश सभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ,’ अपानिमा ओलीले लेखेका छन् ।
तर एमालेभित्र एउटा हिस्सा निराश र पलायन हुन खोजिरहेको पनि ओलीले उल्लेख गरेका छन् । कार्यकर्तामा रहेको निराशामा आशाको सञ्चार जागृत गर्नु आवश्यक रहेको ओलीले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4