+
+
Shares

बागमती पुलबाट खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते ९:१३
बागमती पुल । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्ति लोकपथको बागमती खोला पुलबाट शनिबार साँझ मालवाहक गाडी खस्दा चालक दलबहादुर बर्तौलाको मृत्यु भएको छ ।
  • हाइड्रोपावरको फलामे पाइप लोड गरेको ना ६ ख ४०४२ नम्बरको गाडी अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ ।
  • दुर्घटना हुँदा हामफालेका १७ वर्षीय सहचालक प्रशन्न प्रजा भने सकुशल रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

१७ जेठ, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथमा पर्ने बागमती खोला पुलबाट शनिबार साँझ खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिएका छन् ।

मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट ना ६ ख ४०४२ नम्बरको टेलर गाडी शनिबार बेलुका खसेको थियो । सो गाडीका चालक हेटौंडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्ताैला स्टेरिङमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो गाडीलाई क्रेनको सहायताबाट खोला बाहिर निकालिएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बागमती हाइड्रोपावरको फलामे पाइप लोड गरेर मकवानपुरबाट काठमाडौं जाँदै गर्दा पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थियो ।

गाडीमा चालक र सहचालक गरी दुई जना सवार थिए । सहचालक १७ वर्षीय प्रशन्न प्रजा हामफालेका थिए । उनी सकुशल रहेको र चालकको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?