+
+
Shares

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

रोष्ट्रममा पुगेर प्रधानमन्त्री बालेनले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोष्ट्रममा आएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह विपक्षीको मागपछि आइतबार प्रतिनिधिसभा बैठकमा जवाफ दिन रोष्ट्रममा उपस्थित हुनुभएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका कर्मचारीसँगको सल्लाहपछि प्रधानमन्त्री शाहलाई रोष्ट्रममा बोल्नका लागि बोलाउनुभयो ।
  • प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठकमा विरोध गरेका छन् ।

१७ जेठ, काठमाडौं । विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिन तयार भएका छन् ।

उनी अहिले रोष्ट्रममा उभिएका छन् । संसद्मा बोल्न चाहेका बेला प्रधानमन्त्रीलाई बोल्न दिने अभ्यास छ । यस अन्तर्गत रहेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्न हात उठाए ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको उद्घोष गरे लगत्तै प्रधनमन्त्री बालेन हात उठाए र बोल्न दिन इशारा गर्दै उठे ।

त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयका कर्मचारीसँगद सल्लाह गरे । प्रधानमन्त्रीले बोल्न चाहँदा समय दिनुपर्छ भन्ने सुझाव प्राप्त गरेपछि सभामुखले रोष्ट्रममा बोलाए ।

रोष्ट्रममा पुगेर प्रधानमन्त्री बालेनले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोष्ट्रममा आएको बताए ।

त्यसपछि सभामुखले प्रत्येक दलबाट प्रश्न सोध्नका लागि एक/एक जनालाई बोल्न दिने घोषणा गरे ।

यसप्रति विपक्षी दलहरूले विरोध गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ ।

यस्तो व्यवस्था नियमावलीको नियम ५६ मा छ । यसअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?