+
+
Shares

छोरा हत्याको आरोपमा बाबु पक्राउ

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासीको गैंडाकोटमा ६३ वर्षीय बाबु डम्बर गिरीले घरायसी विवादमा ४३ वर्षीय छोरा शंकर गिरीको खुर्पा प्रहार गरी हत्या गरेका छन् ।
  • खुर्पा प्रहारबाट गम्भीर घाइते भएका शंकरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • प्रहरीले छोराको हत्या आरोपी डम्बर गिरीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान शुरू गरेको छ ।

१७ जेठ, काठमाडौं । छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका–१५ का ६३ वर्षीय डम्बर गिरी छन् । उनले ४३ वर्षीय छोरा शंकरको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवाद हुँदा डम्बरले छोरालाई धारिलो हतियार खुर्पाले हानेको प्रहरीले बताएको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका बाबुलाई कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?