News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगर समितिको पहिलो अधिवेशन १८ जेठमा हुँदैछ ।
- महानगर समितिको सभापति पदका लागि कमलप्रसाद पन्त ‘शशि’, गणपतिलाल श्रेष्ठ र बिना तामाङको उम्मेदवारी परेको छ ।
- रास्वपाले आगामी ७ देखि ९ असारसम्म केन्द्रीय महाधिवेशन गर्ने तय गरेको छ ।
१७ जेठ, काठमाडौं । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन भोलि हुँदैछ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो ।
अधिवेशनबाट नयाँ समिति चयन हुँदैछ । नयाँ समितिका लागि उम्मेदवारहरूको नामावली प्रकाशन भइसकेको छ ।
जस अन्तर्गत, काठमाडौं महानगर समितिको सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । पार्टीका महानगर संयोजक कमल प्रसाद पन्त ‘शशि’, सम्पदा संरक्षक अभियन्ता गणपतिलाल श्रेष्ठ र बिना तामाङले सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै, उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ । अञ्जना मिश्र, सुमि कोइराला, सम शाक्य र अम्बिका भण्डारीले उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।
सचिव पदका लागि निकेशमान नापित र प्रतिक श्रेष्ठले उम्मेदवारी दिएका छन् भने सहसचिवका लागि चिरञ्जिवि खड्का र किशोर न्यौपानेले उम्मेदवारी दिएका छन् ।
सदस्यमा भने २६ जनाले उम्मेदवारी दिएका छन् ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको छ ।
पार्टी केन्द्रले वडा र पालिका तहको ३० प्रतिशत अधिवेशन गरेर पनि उपल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेको छ ।
प्रतिक्रिया 4