+
+
Shares

रविको भारत भ्रमणबारे भाजपाले दियो औपचारिक जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा भोलि भारत भ्रमणमा जाने भएका छन् ।
  • भाजपा विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेले विज्ञप्ति जारी गरी लामिछानेको भ्रमणबारे औपचारिक जानकारी दिएका छन् ।
  • नयाँदिल्लीमा हुने भेटवार्तामा दुई दलबीच संगठनात्मक अभ्यास र लोकतान्त्रिक प्रक्रियाका विषयमा विचार आदानप्रदान हुनेछ ।

१८ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेको छ ।

भाजपा विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेले आइतबार प्रेस विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक गरेका हुन् ।

लामिछाने भोलि भारत जाने कार्यक्रम छ । भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उक्त टोली भ्रमणमा जान लागेको चौथाइवाले उल्लेख गरेका छन् । सभापति लामिछानेसहितको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपा अध्यक्ष नितिन नवीन तथा पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

विज्ञप्तिमा रास्वपा र भाजपाबीच दलगत सम्बन्ध तथा संवादको सुरुआत गर्नेसाथै संगठनात्मक अभ्यासलोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?