+
+
Shares

बजेटसँग प्रधानमन्त्री र पार्टी सभापति निकै उत्साहित हुनुहुन्छ : रास्वपा प्रवक्ता झा

‘बजेटपश्चात् पार्टी सभापति, प्रधानमन्त्रीलगायत केही नेतासँग कुरा गर्ने मौका पाएका थियौं, सम्माननीय प्रधानमन्त्री ज्यु पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापति पनि उत्साहित हुनुहुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नयाँ बजेट सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री उत्साहित भएको बताएका छन् ।
  • बजेटले मधेश, सुदूरपश्चिम, कर्णाली, दलित बालबालिका, सूचना प्रविधि र वैदेशिक लगानीलाई विशेष प्राथमिकतामा राखेको उनले दाबी गरे ।
  • बजेट भाषणपछि प्रतिक्रिया दिँदै प्रवक्ता झाले आफू पनि एक सांसदका रूपमा बजेटप्रति निकै उत्साहित र खुसी रहेको उल्लेख गरे ।

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले बजेटसँग प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने उत्साहित भएको बताएका छन् । शुक्रबार बजेट भाषणपछि पत्रकारसँग कुराकानी गर्दै झाले एक जना सांसदका रूपमा बजेटसँग आफू पनि उत्साहित र खुसी रहेको टिप्पणी गरे ।

‘एकजना जनप्रतिनिधि र एकजना प्रतिनिधिसभा सदस्यका रूपमा हामी एकदमै उत्साहित छौं,’ उनले भने, ‘हामी हर्षित पनि छौं ।’ बजेट भाषणपछि आफूले केहीबेर सभापति लामिछाने र प्रधानमन्त्री बालेनसँग कुराकानी गरेको उनले बताए ।

‘बजेटपश्चात् पार्टी सभापति, प्रधानमन्त्रीलगायत केही नेतासँग कुरा गर्ने मौका पाएका थियौं, सम्माननीय प्रधानमन्त्री ज्यु पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापति पनि उत्साहित हुनुहुन्छ,’ उनले भने ।

बजेटले मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई निकै प्राथमिकतामा राखेको उनले दाबी गरे । ‘मधेश, सुदूरपश्चिम र कर्णालीलाई यो बजेटले निकै नै प्राथमिकतामा राखेको, पुललाई, झोलुंगे पुललाई निकै नै प्राथमिकतामा राखेको, सडकलाई, त्यसरी नै उद्यमीहरूलाई, त्यसमा पनि सूचना प्रबिधिको क्षेत्रलाई, वैदेशिक लगानीलाई र नेपालीहरू विदेशमा रहेर विभिन्न क्षेत्रमा लागिरहनुभएको छ, उहाँहरूलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ,’ उनले भने ।

दलित र दलित बालबालिकालाई खाजादेखि लिएर सुविधादेखि धेरै कुराको परिकल्पना गरेको उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?