+
+
Shares

मतदाता नामावली विधेयकमाथि राष्ट्रिय सभाको संशोधन प्रतिनिधिसभाबाट बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट संशोधन भई आएको मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई बहुमतले स्वीकृत गरेको छ ।
  • कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबाट प्राप्त संशोधन प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको थियो ।
  • सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको अवरोधबीच उक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।

आइतबार साँझ बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकको संशोधनमाथि विचार गर्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबाट प्राप्त भएको संशोधन प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन् ।

विपक्षी दलहरूको अवरोधबीच सभामुख अर्यालले उक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?