१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन सुरु भएको छ ।
धुम्बाराहीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ समितिको सभापतिमा शशी पन्त, गणपति लाल श्रेष्ठ र बिना तामाङले उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरमा कुल ५२४ प्रतिनिधि संख्या रहेका छन् । उनीहरुले मतदान गर्नेछन् ।
निर्वाचनका लागि सन्तोष काफ्लेको संयोजकत्वमा सौरभ बस्नेत र स्वयंवर खड्का सदस्य रहेको निर्वाचन समिति बनाइएको छ ।
महानगर सभापति शशी पन्तका अनुसार संसदीय दलका उपनेता गणेश पराजुली अधिवेशनमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4