१८ जेठ, काडमाडौं । प्रसिद्ध गायक एवं संगीतकार दीप श्रेष्ठ संगीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेशनले शुरुवात गर्न लागेको सांगितिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो श्रृंखलामा श्रेष्ठले आफ्ना गीतहरू फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।
‘बुकहिल ब्यालेड्स’ यही जेठ २९ गते शुक्रबार काठमाडौंको शिल्पी थिएटरमा आयोजना हुँदैछ ।
बुकहिल पब्लिकेशनका अनुसार दीप श्रेष्ठले वि.सं. २०२५ सालदेखि आजसम्मको आफ्नो सांगीतिक जीवनका आरोह-अवरोहका कथाका साथमा स्रोता-दर्शकले मन पराएका र केही नयाँ गीतहरू प्रस्तुत गर्नेछन् ।
साहित्यसँगै संगीत र संस्कृतिको अभिवृद्धिका लागि प्रत्येक ३–३ महिनामा ‘बुकहिल ब्यालेड्स’ आयोजना गर्ने बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4