News Summary
Generated by OK AI. Editorially reviewed.- पपस्टार शकिराले फिफा विश्वकप २०२६ को प्रवर्धन गीत 'दाइ दाइ' मा नेपाली बालबालिकाले बनाएको नृत्यसहितको रिल्स इन्स्टाग्राममा सेयर गरेकी छन् ।
- उनले नेपाली बालिका आयुषी ढकालसहित विश्वका विभिन्न देशका बालबालिकाले बनाएका आकर्षक रिल्सहरू इन्स्टाग्राममा सेयर गरेकी हुन् ।
- विश्वकप फुटबल नजिकिँदै गर्दा कोलम्बियन पपस्टार शकिराको यस नयाँ गीतले विश्वभर चर्चा बटुलिरहेको छ ।
काठमाडौं । पपस्टार शकिराले आफूले गाएको फिफा विश्वकप २०२६ को प्रवर्धनबारेको गीत ‘दाइ दाइ’मा नेपाली बालबालिकाले बनाएको आकर्षक नृत्यसहितको रिल्सलाई सेयर गरेकी छन् ।
इन्स्टाग्राममार्फत उनले नेपाली बालिका आयुषी ढकालसहितका बालबालिकाले बनाएको रिल्सलाई सेयर गरेकी हुन् । उनले उक्त गीतमा रिल्स बनाउने अन्य मुलुकका बालबालिकाले बनाएका गीत पनि सेयर गरेकी छन् ।
विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी रहँदा नेपालमा समेत यसको ज्वरो सुरु भएको छ भने शकिराको उक्त गीतले विश्वब्यापी चर्चा बटुलिरहेको छ । केही साताअघि कोलम्बियन पपस्टारले गीत ल्याएकी थिइन् ।
फिफाले यसपटक विश्वचर्चित ब्यान्ड र संगीतकर्मीलाई प्रवर्धनदेखि उद्घाटन, हाफटाइम र क्लोजिङ समारोहमा सांगीतिक प्रस्तुतिका लागि अनुबन्धित गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4