0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

भारतको एनपीसीआई र नेपाल क्लियरिङ हाउसको सहकार्यमा क्रसबोर्डर रेमिट्यान्स सुरु

यूपीआई र एनपीआईको लिंकेजबाट भारत र नेपालबीच पीटूपी फन्ड ट्रान्सफर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्लियरिङ हाउस र भारतको इन्टरनेसनल पेमेन्ट्सबीच क्रस बोर्डर भुक्तानी सम्झौता भई दुई देशबीच अन्तरदेशीय डिजिटल भुक्तानी शुरू भएको छ ।
  • यो सेवाका लागि भारतको यूपीआई र नेपालको एनपीआई प्रणालीलाई आपसमा आबद्ध गरिएको क्लियरिङ हाउसले जनाएको छ ।
  • नयाँ व्यवस्थासँगै दुवै देशका प्रयोगकर्ताले मोबाइल नम्बर वा भीपीए प्रयोग गरी सहजै व्यक्ति–व्यक्तिबीच रकम पठाउन सक्नेछन् ।

२६ जेठ, काठमाडौं । भारतको नेसनल पेमेन्ट्स कर्पोरेसनअन्तर्गत इन्टरनेसनल पेमेन्ट्स (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर भुक्तानी सम्झौता भएको छ ।

एनआईपीएलको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई आबद्ध गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानी सुरुवात भएको हो ।

यो साझेदारीसँगै नेपाल र भारतबीच हुने क्रसबोर्डर रेमिट्यान्स अब रियल टाइम, सुरक्षित र कम मूल्यमा गर्न सकिने क्लियरिङ हाउसले जनाएको छ । भारतमा रहेका भारतीय र नेपाली प्रयोगकर्ता तथा नेपालमा रहेका भारतीय प्रयोगकर्ताले सहजै व्यक्ति–व्यक्तिबीच (पीटूपी) फन्ड ट्रान्सफर गर्न सक्नेछन् ।

हाल केही बैंकमा उपलब्ध रहेको उक्त सेवा क्रमिक रुपमा अन्य बैंकमा पनि पहुँच विस्तार गरिने क्लियरिङ हाउसले जनाएको छ । यूपीआई–एनपीआई बीचको सहकार्यलाई वित्तीय समावेशीकरण, बलियो आर्थिक र डिजिटल सम्बन्धलाई बढावा दिने महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ ।

क्रस बोर्डर भुक्तानीलाई सहज तथा पहुँचयोग्य बनाउने जी २० को उद्देश्य अनुरुप यस सहकार्यले दुवै देशको फास्ट पेमेन्ट सिस्टमबीच अन्तरआबद्धता स्थापना गर्दै भारत र नेपाल बीच दीर्घकालीन सामाजिक, संस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुद बनाउने अपेक्षा गरिएको छ ।

भारतीय तथा नेपाली प्रयोगकर्ताहरुले आफ्नो मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट अड्रेस (भीपीए) मार्फत नेपालमा रकम पठाउन सक्नेछन् ।

त्यस्तै भारतीय प्रयोगकर्ताले नेपालबाट आफ्नो यूपीआई आईडी प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् । यस प्रक्रियाले संवेदनशील बैंक खाताको विवरण आदान प्रदान गर्नुपर्ने आवश्यकता हटाउँदै प्रयोगकर्ताहरुलाई सरल, सुरक्षित तथा सुविधाजनक अनुभव प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?