0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रौतहटमा ९० लाख बढीको फर्सीको बिउ बरामद, प्रहरी टोली र स्थानीयबीच झडप

फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई स्थानीयवासीले अवरोध गरेका थिए । त्यसक्रममा झडप भएको थियो । झडपमा ३ प्रहरीसहित ६ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते ७:५०

२८ जेठ, काठमाडौं । रौतहटमा ९० लाख बढीको फर्सीको बिउ बरामद भएको छ । नेपालबाट भारत निकासी गर्दै गरेको बिउ बुधबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

अवैधरुपमा निकासी गर्न लागिएको सूचनाका आधारमा खटिएको प्रहरी र सशस्त्रको टोलीले बौधिमाई नगरपालिका-७ बाडा बंकुल टोलबाट ३२२ बोरो  (१२ हजार ८८० किलो) फर्सीको बिउ बरामद गरेको हो । बिउका बोरा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेका थिए । यसको अन्दाजी मूल्य ९० लाख १६ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

सामान बरामद गर्ने क्रममा स्थानीयवासीले केही समय अवरोध समेत गरेका थिए । उनीहरुले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्या प्रहार गर्नु परेको थियो । झडपका क्रममा तीन जना प्रहरी र तीन जना स्थानीय पनि घाइते भएका छन् ।

नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?