+
+
Shares

भारततर्फ अवैध निकासी गर्न लागिएको ७० बोरा फर्सीको बीउ बरामद

उनका अनुसार बरामद गरिएको फर्सीको बीउको मूल्य प्रतिबोरा २८ हजार तोकिएको थियो । जसअनुसार ७० बोराको मूल्य १९ लाख ६० हजार रुपैयाँ बराबर हुनआउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:४८

१९ जेठ, सिरहा । सिरहाबाट अवैध रूपमा भारततर्फ निकासी गर्ने तयारीमा रहेको ७० बोरा फर्सीको बीउ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–१ का हरिदेव दासको घरबाट फर्सीको बीउ बरामद गरिएको हो ।

ठूलो परिमाणमा फर्सीको बीउ लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा सोमबार साँझ प्रहरी टोली परिचालन भएको जिप्रका सिरहाले जनाएको छ ।

सोही क्रममा दासको घरमा खानतलासी गर्दा भान्साघरमा ७० बोरा लुकाएर राखिएको फर्सीको बीउ फेला परेको जिप्रका सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको फर्सीको बीउको मूल्य प्रतिबोरा २८ हजार तोकिएको थियो । जसअनुसार ७० बोराको मूल्य १९ लाख ६० हजार रुपैयाँ बराबर हुनआउँछ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त बीउ भारततर्फ अवैध निकासी गर्ने उद्देश्यले भण्डारण गरिएको खुलेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको बीउ नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय सिरहामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?