News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रियताको विषयलाई आवेग र उत्तेजनाका आधारमा प्रस्तुत नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
- शर्माले दिल्ली भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विगतको नक्सा प्रस्तुति र हालको धारणाबारे प्रश्न उठाएका छन् ।
- प्रधानमन्त्री आफैंले नेपालले सीमा मिचेको आशयको अभिव्यक्ति दिनु संसारमै नभएको घटना भएको टिप्पणी उपसभापति शर्माले गरेका छन् ।
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।
लुम्बिनीमा आयोजित पार्टीको नीति प्रतिष्ठानको प्रदेशस्तरीय कार्यक्रमको समापन समारोहमा बोल्दै उनले राष्ट्रियताजस्तो संवेदनशील विषयलाई आवेग र उत्तेजनाका आधारमा प्रस्तुत गर्नु उचित नभएको बताएका हुन्।
शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल भारतको दिल्लीमा रहेको सन्दर्भ उल्लेख गर्दै विगतमा टेलिभिजन कार्यक्रममा प्रस्तुत गरिएको नक्सा र अहिलेको धारणा बीचको अन्तरबारे पनि प्रश्न उठाए ।
‘रास्वपा सभापति आज दिल्लीमा हुनुन्छ, हिजो टिभी कार्यक्रम चलाउँदा आवेगसाथ राखेको नक्सा आज संयमसाथ सम्झिनुहुन्छ कि सम्झिनु हुन्न ?,’ उनले सोधे,’ राष्ट्रियताको प्रश्न आवेग, उत्तेजना र हलुका प्रस्तुतिको विषय हो कि गहन, ऐक्यवद्ध र शान्त कूटनीतिको प्रश्न ?’
उनले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय हिसाब बराबर भन्ने हो ? भन्ने प्रश्न पनि गरे ।
प्रधानमन्त्रीको अभिव्यक्तिको आशय के हिसाब बराबर भन्ने हो ? हामीले पनि मिचेका कारण अब `जे भयो, जसो भयो, सबै बिर्षेर अघि बढौं´ भन्ने हो ?,’ उनले सोधे, ‘नेपालले सीमा मिच्यो भनेर भारतले कहिल्यै भनेको छैन, देशको प्रधानमन्त्रीले आफैं हामीले सिमा मिचेका छौं भन्नु संसारमै नभएको घटना हो ।’
प्रतिक्रिया 4