News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताएका छन् ।
- उनले आफ्नै देशको संसद्मा उभिएर नेपालले छिमेकीको सीमा मिचेको टिप्पणी गर्ने प्रधानमन्त्री एक्लो भएको बताए ।
- शर्माले 'प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक छ' भनी कडा आपत्ति जनाएका छन् ।
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधामन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।
उनले आफ्नै देशको संसद्मा उभिएर मेरो देशले छिमेकीको सीमा मिचिएको छ भन्ने प्रधानमन्त्री बालेन एक्लो भएको पनि टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक छ,’ उनले भने, ‘संसारको एकमात्र प्रधानमन्त्री जो देशको संसद्मा उभिएर भन्दैछ- मेरो देशले छिमेकीको सिमा मिचेको छ । यस्को मतलब के अब हिसाब बराबर हो ?’
प्रतिक्रिया 4