News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाका असन्तुष्ट नेता धवल शमशेर राणाको नेतृत्वमा बसेको बैठकले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेको छ ।
- उक्त बैठकमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि सहभागी भएका थिए ।
- नेता राणा र प्रसाईंबीच सँगै नयाँ दल गठन गरेर अघि बढ्ने विषयमा संवाद भएको छ ।
१९ जेठ, काठमाडौं । राप्रपाका असन्तुष्ट नेताहरूको बैठक आज बसेको छ । धवल शमशेर राणाको नेतृत्वमा बसेको असन्तुष्ट पक्षको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि सहभागी भएका थिए ।
राणा र प्रसाईंले सँगै दल गठन गरेर अघि बढ्ने विषयमा संवाद गरेका हुन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका राणाले जेठ १७ गते पार्टी परित्यागको घोषणा गर्दै नयाँ अभियान घोषणा गरिएको बताएका थिए ।
उनले राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गर्दा विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रम नरोकिएको भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4