News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
- राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले रोस्ट्रमबाट अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको बताउनुभयो ।
- राप्रपाले प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सीमाबारे आइतबार प्रतिनिधिसभा बैठकबाट दिएको अभिव्यक्तिबारे राप्रपाले आपत्ति जनाएको छ ।
साथै, प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे पार्टीले धारणा माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
प्रधानमन्त्री शाहले रोस्ट्रमबाट सीमाजस्तो संवेदनशील विषयमा बोलेको अभिव्यक्ति आपत्तिजनक भएको पार्टीको बुझाइ रहेको उनले बताए ।
‘प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो त्यो आपत्तिजनक छ,’ अध्यक्ष लिङ्देनले भनेका छन्, ‘भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभएपनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ ।’
उक्त विषयमा सरकार र सत्तारुढ दल रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग राप्रपाको छ ।
प्रधानमन्त्री शाहले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए ।
उनको अभिव्यक्तिमाथि चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया 4