+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दैबी प्रकोप न्यूनीकरण सम्बन्धि डीसीमा अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते ८:४६

dc-daibeek-1
भर्जिनिया । डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपाली अभियन्ताहरुको संगठन नेपाली इन्जिनियर्स संघ, डिसी शाखाले नेपालमा दैबी प्रकोप न्यूनीकरण सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपालमा हुने भुकम्पलाई न्यूनीकरण गर्ने बिषयमा विभिन्न प्रस्तुती गरिएको थियो ।
कार्यक्रमका मुख्य वक्ता डा. अमोद मणि दीक्षितले भुकम्प तथ्यांक हेरेर नआउने बताउदै बिद्रोह गरेर आउने हुँदा हैटी र नेपालको ९० सालको जस्तो भुकम्प नेपालमा आए एक लाख भन्दा ज्यादा जनधनको क्षति हुने सम्भावना रहेको बताएका थिए । उनले थप जानकारी दिदै नेपालमा करिब ९३ प्रतिसत घर डकर्मी द्वारा निर्माण गरिएको बताउदै २०४५ सालको भुकम्पको पिडा अहिले सम्म भोगेको उल्लेख गरेका थिए ।

DC-daibeek

यस्तै गरि अर्का अतिथि वक्ता सुर्य नारायण श्रेष्ठले दैबी प्रकोपलाई परिवर्तन गर्न तयार भएको बताउदै दैबी प्रकोप हुन् न दिन हाम्रो प्रयास रहने प्रतिबद्धता जाहेर गरेका थिए lडिसी शाखाका पुर्व अधक्ष्य ठाकुर ढकालले नेपालमा कुनै पनि समयमा भुकम्प जाने छ भन्दै यदि ६.५ भन्दा ज्यादा रेक्टर स्केलको भुकम्प आएमा जम्मै घर भत्कने सम्भावना रहेकोले यसलाई कसरि न्यूनीकरण गर्ने भन्ने बिषयमा छलफल गरि सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए।

पत्रकार राम सिंह बस्नेतले भुईचालो भन्ने शब्द हाम्रो जीवन संग गासिएको हुन्छ भन्दै सतर्कता अपनाउनु पर्ने बताए । अधक्ष्य दिपेन्द्र पोखरेलले करिब अमेरिकामा एक सय भन्दा ज्यादा नेपाली मुलका अभियन्ताहरु द्वारा स्थापित गरिएको यो संस्था हो भन्दै आफ्नो मन्तब्य राखेका थिए ।

विजय थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?