News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ ।
- तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरका करीब तीन हजार प्रतिनिधि, पार्टी नेता तथा पर्यवेक्षकहरू सहभागी हुनेछन् ।
- महाधिवेशनको बन्दसत्रमा केन्द्रीय समितिको आकार १३१ बाट बढाएर १५१ सदस्यीय बनाउने विधान संशोधन प्रस्ताव पेश गरिनेछ ।
६ असार, चितवन । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । चितवनमा हुन लागेको पहिलो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू उपस्थित हुने क्रम जारी छ ।
महाधिवेशनको तयारी करिब अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । अहिले महाधिवेशनस्थलमा विभिन्न सजावट एवं अन्य निर्माणका कामहरू धमाधम भइरहेको छ ।
त्यस्तै, विभिन्न जिल्लाबाट पुगेका प्रतिनिधिहरू पनि महाधिवेशनस्थल पुगेका छन् ।
रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।
महाधिवेशन ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।
महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ । प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधि आफैंले गर्नुपर्ने हुन्छ ।


























प्रतिक्रिया 4