Comments Add Comment

प्रहरीसँगको झडपमा मारिएका पटेललाई सहिद घोषणा गर्न माग

२६ असोज, काठमाडौं । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको बाराको सिम्रौनगढमा लगाइएको कर्फ्यू हटेको छ ।

राजनीतिक दलहरुको पहलमा मृतक जयनारायण पटेलको शव कैलायालाई ल्याइएको छ । तर, स्थानीयबासी अझै शव पोर्टमार्टमका लागि सहमत भएका छैनन् ।

स्थानीय राजनीतिक दलहरुको पहलमा स्थानीयले पटेलको शव कलैया ल्याएपछि स्थानीय प्रशासनले दिउँसो २ बजेबाट कर्फ्यू हटाएको हो । यसअघि मध्याहृन १२ बजेबाट साँझ ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको थियो ।

सहिद घोषणा गर्न माग

सिम्रौनगढमा बसेको मधेसवादी दल र एमाओवादीसहितको सर्वदलीय बैठकले मृतकलाई शहिद घोषणा, पीडित परिवारलाई राहत लगायतको माग गरेको छ ।

माग पूरा गराउन पहल गर्ने दलहरुको प्रतिवद्धतापति स्थानीयबासी मृतक पटेलको शव सिम्रौनगढबाट उठाउन सहमत भएका हुन् । ‘पोर्टमार्टमको सहमति भएको छैन । वार्ताको पहल भइरहेको छ’ तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग भने ।

स्थानीयबासीले पटेलको शव कलैया ल्याएका छन् । उनीहरुले मृतक पटेलको शव कलैयामा ल्याएर प्रदर्शन गरेका छन् ।

शनिबार भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागि जयनारायण पटेलको मृत्यु भएको थियो । स्थानीयले पटेलको शवसहित प्रदर्शन गरेपछि शनिबार पनि ३ बजेदेखि ७ बजेसम्म कर्फ्यू जारी भएको थियो ।

घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिएका छन् । प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलाएको भन्दै उनले घटनाको छानविन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment