News Summary
Generated by OK AI. Editorially reviewed.- आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि आक्रोशित युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
- माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीहरूले भद्रकाली क्षेत्रमा रोकेका छन्।
- प्रदर्शनमा सहभागी युवाहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै न्यायको मागसहित विभिन्न प्लेकार्ड प्रदर्शन गरेका छन्।
२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्युपछि सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरू माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ जान खोज्दा सुरक्षाकर्मीहरूले उनीहरूलाई रोकेका छन् ।
माइतीघर मण्डलाबाट उनीहरू भद्रकाली हुँदै वीर अस्पताल जान खोजेका थिए ।
तर उनीहरूलाई सुरक्षाकर्मीहरूले भद्रकालीमा रोकेका छन् ।
प्रदर्शनमा उत्रिएका युवाहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’, राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4