News Summary
Generated by OK AI. Editorially reviewed.- गणेश नेपालीको आत्मदाह र सुकुमवासीमाथिको दमनको विरोधमा संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
- विद्यार्थीहरूले सरकारकै कारण नेपालीले आत्मदाह गर्नुपरेको आरोप लगाउँदै आधारभूत अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।
- राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
२६ असार, काठमाडौं। संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
गणेश नेपाली आत्मदाह घटना तथा सुकुमवासीमाथि अमानवीय हर्कत गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको हो ।
सरकारकै कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको उनीहरूको आरोप छ । साथै उनीहरूले सुकुमवासीमाथि अमानवीय हर्कत बन्द गर, तुरुन्त गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
यसअघि युवाहरूले पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4