+
+
Shares

आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक, शल्यक्रिया हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ११:१६
विविकलाई काठमाडौं ल्याउँदै गरेको हेलीकप्टर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ।
  • कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत मण्डलको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।
  • बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ।

२८ असार,काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।

शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।

मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको छ । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।

अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार विवेकको आज शल्यक्रिया गरिंदैछ ।

२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो । यस्तै, शनिबार बुद्धनगरमा पनि एक जनाले आत्मदाहा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?