+
+
Shares

कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासीलाई लगियो खरिपाटीको होल्डिङ सेन्टर

केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा डुबान भएपछि ३१ परिवारका ८९ जना सुकुमवासीलाई खरिपाटी स्थानान्तरण गरिएको छ ।
  • हिजो र आज बिहान गरी उनीहरूलाई खरिपाटी लगिएको हो भने केही सुकुमवासीलाई भक्तपुरको बोडेमा स्थानान्तरण गरिएको छ ।
  • सरकारले बागमती नदी किनारका सुकुमवासी बस्ती हटाए तापनि उनीहरूको स्थायी व्यवस्थापन अझै हुन सकेको छैन ।

२८ असार, काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।

कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।

केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।

सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?