+
+
Shares

योजना आयोगको सुझाव : राष्ट्रिय गौरवका आयोजना १० मा सीमित गरौं

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते ९:४४
राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगले मुलुकका २७ वटा राष्ट्रिय गौरवका आयोजनालाई १० वटामा सीमित गर्न सुझाव दिएको छ ।
  • आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वतयारीविना आयोजना घोषणा गर्दा सम्पन्न हुन ढिलाइ भएको र धेरै आयोजना थपिएको बताएका छन् ।
  • उनले नदीजन्य पदार्थको अभाव रोक्न निर्माणजन्य कानुन र सडकका घुम्ती घटाउन पुनरेखांकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

२९ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका संख्या घटाउन सुझाव दिएको छ । आयोगले हालका २७ गौरवका आयोजनालाई १० वटामा सीमित गर्न सुझाव दिएको हो ।

अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले सो सुझाव दिएका हुन् ।

पर्याप्त तयारीविना गौरवका आयोजना घोषणा गरिँदा धेरै आयोजना वर्षौंदेखि सम्पन्न हुन नसकेको बताउँदै उनले भने, ‘पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा गरियो । यसले गर्दा सुरु गर्नै समय लाग्यो, राष्ट्रिय गौरवका आयोजना धेरै भए ।’ उनले गौरव गर्न लायक सीमित आयोजना हुनुपर्ने धारणा राखे ।

निर्माणाधीन बबई सिंचाइ आयोजनाको उदाहरण दिँदै उनले  अध्ययन नगरी कार्यक्षेत्र थप्ने काम पनि रोकिनुपर्ने धारणा राखे । ‘अध्ययन गरेर मात्रै कार्यक्षेत्र थप्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय योजना आयोगको तर्फबाट सुझावसहितको प्रस्तुतीकरणको क्रममा पन्थले नदीजन्य पदार्थ अभाव हुन नदिन निर्माणजन्य कानुन अति आवश्यक रहेको बताए । यस सम्बन्धी कानुन विधेयक अघिल्लो प्रतिनिधि सभामा अलपत्र परेको भन्दै उनले अहिले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए ।

साथै सार्वजनिक खरिद, वन र वातावरण सम्बन्धी कानुनमा पनि समानजस्यताको आवश्यकता औंल्याए ।

उनले आयोजना अन्तर्गतका कतिपय सडक अनावश्यक घुमाउरो रहेको भन्दै उनले घुम्ती घटाउन पुनरेखांकन गर्नुपर्ने सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?