News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ पछि खराब प्रदर्शनका कारण १३ राष्ट्रिय टोलीका प्रशिक्षकहरूले आफ्नो पद छाडेका छन् ।
- सेनेगल र ट्युनिसियाका प्रशिक्षकहरू बर्खास्तमा परेका छन् भने मेक्सिकोका प्रशिक्षकले आपसी सहमतिमा टोली छोडेका छन् ।
- घाना, जर्मनी, नेदरल्यान्ड्स, पोर्चुगल, इक्वेडर, दक्षिण कोरिया, स्कटल्यान्ड, चेक रिपब्लिक, उरुग्वे र क्रोएसियाका प्रशिक्षकले राजीनामा दिएका छन् ।
२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ बाट बाहिरिएसँगै १३ प्रशिक्षक टोलीबाट अलग्गिएका छन् । विश्वकपमा सोचेअनुसारको प्रदर्शन नभएपछि १३ प्रशिक्षक टोलीबाट अलग्गिएका हुन् ।
सेनेगल र ट्युनिसियाका प्रशिक्षक फुटबल संघबाटै बर्खास्तमा पर्दा मेक्सिकोका प्रशिक्षक भने संघसँगको सहमतिमा टोलीबाट अलग्गिएका हुन् । बेल्जियमसँग पराजित हुँदै सेनेगल ‘राउन्ड अफ ३२’ बाट बाहिरिएको थियो । त्यसपछि सेनेगलको फुटबल संघले प्रशिक्षक पापे थियावलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
समूह चरणबाटै बाहिरिएपछि ट्युनिसियाको फुटबल संघले प्रशिक्षक साब्री लामौचीलाई बर्खास्त गर्यो । लामौचीको प्रशिक्षणमा रहेको ट्युनिसिया विश्वकपमा जितविहिन बन्यो ।
राउन्ड अफ ३२ मा इंग्ल्यान्डसँग पराजित हुँदै बाहिरिएपछि सहआयोजक मेक्सिकोका प्रशिक्षक हाभिएर आगुइरेले फुटबल संघसँगकै सहमतिमा टोलीबाट अलग्गिने निर्णयमा पुगे ।
त्यसबाहेक अन्य १० प्रशिक्षकले विश्वकपपछि पदबाट राजीदानमा दिएका छन् ।
‘राउन्ड अफ ३२’ बाट बाहिरिएपछि घानाका प्रशिक्षक कार्लोस क्विरोजले पनि राजीनामा दिए । समूह चरणमा इंग्ल्यान्डसँग शानदार बराबरी खेलेको घाना नकआउट चरणमा कोलम्बियासँग पराजित हुँदा ‘राउन्ड अफ ३२’ बाटै बाहिरिन पुग्यो ।
पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पनि पद छाडे । उपाधि दाबेदार मानिएको जर्मनी पेनाल्टीमा चुक्दा ‘राउन्ड अफ ३२’ बाटै बाहिरिएको थियो ।
विश्वकपमा अभागी मानिएको नेदरल्यान्ड्स यसपटक ‘राउन्ड अफ ३२’ बाट अगाडि बढ्न सकेन । तीनपटक फाइनलमा पराजित भएको नेदरल्यान्ड्स मोरक्कोसँग रोकिन पुग्यो । त्यसपछि प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिए ।
पोर्चुगललाई राउन्ड अफ १६ बाट अगाडि बढाउन नसकेपछि रोबर्टो मार्टिनेजले पनि राजीनामा दिए । पोर्चुगल स्पेनसँग पराजित हुँदा क्वार्टरफाइनल पुग्न सकेको थिए ।
विश्वकपबाट बाहिरिएपछि इक्वेडरका प्रशिक्षक सेबास्टियन बेकासेसे, दक्षिण कोरियाका प्रशिक्षक होङ म्यूङ–बो, स्कटल्यान्डका प्रशिक्षक स्टभ क्लार्क, चेक रिपब्लिकका प्रशिक्षक मिरोस्लाभ कौबेक, उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्सा र क्रोएसियाका प्रशिक्षक ज्लोट्को डालिचले पनि पदबाट राजिनामा दिए ।
दक्षिण कोरिया, चेक रिपब्लिक, स्कटल्यान्ड र दुईपटकको विश्वविजेता उरुग्वे समूह चरणबाटै घर फर्किएका थिए । राउन्ड अफ ३२ मा इक्वेडर मेक्सिको र क्रोएसिया पोचुर्गलसँग पराजित हुँदै बाहिरिएका थिए ।
प्रतिक्रिया 4