+
+
Shares

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई मनोनीत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।
  • सूचना तथा सञ्चार मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
  • अध्यादेश जारी भएपछि यसअघिका अध्यक्ष कुमार शर्मा आचार्यसहितका सबै पदाधिकारी पदमुक्त भएका थिए ।

२९ असार, काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई मनोनीत गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त पदमा श्रेष्ठलाई मनोनीत गरेको हो ।

यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य काउन्सिलका अध्यक्ष थिए । सरकारले अध्यादेश जारी गरेपछि उनी सहितका सबै पदाधिकारीहरू पदमुक्त भएका थिए ।

सञ्चारमाध्यमहरूको नियमन गर्ने प्रेस काउन्सिल सरकार र सञ्चारमाध्यम बीच समन्वय गर्ने  निकाय मानिन्छ ।

श्रेष्ठ  पछिल्लो समय नेपालफ्याक्टचेकको सम्पादकको रूपमा कार्यरत थिए ।

पत्रकारिता तथा आमसञ्चारमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका श्रेष्ठ  पछिल्ला वर्षहरूमा  मिथ्या सूचनाहरूको तथ्यजाँच र प्रशिक्षकको काम गरिरहेका व्यक्ति हुन् । मिडिया नीतिका  जानकार उनले  सिएमआर नेपाल जर्नालिजम एकेडेमीको प्रमुख प्रशिक्षकका रूपमा पत्रकारहरूलाई डिजिटल अनुसन्धान, डाटा पत्रकारिता र एआईको प्रयोग बारे तालिम दिंदै आएका थिए ।

सिटी टाइम्स, अप्सरा साप्ताहिक र स्पेस टाइम दैनिक जस्ता छापा माध्यमहरूमा काम गरेका उनी  नेपालमा इन्टरनेटको प्रयोग शुरू हुन थालेपछि डिजिटल पत्रकारिताको अभ्यासमा लागेका  थिए ।

अनलाइन समाचार पोर्टल परेवा डटकम र  पहिलो नेपाली ब्लग  माइसंसारको सुरुआत पनि उनले गरेका थिए । उनी अहिले पनि माइसंसारमा ‘सालोक्य’को नामबाट  ब्लगिङ गर्छन् ।

उनीसँग नागरिक न्यूज, अन्नपूर्ण पोस्ट् डटकम, पहिल पोस्ट डटकममा सम्पादकीय नेतृत्व गरेर काम गरेको अनुभव छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?